जापानमा भालुको आक्रमणमा परी दुई जना घाइते

जापानको अकिता प्रान्तमा भएको छुट्टा–छुट्टै भालु आक्रमणमा दुई जना घाइते भएको उल्लेख गर्दै यस क्षेत्रमा भालुहरूको मुठभेड तीव्र रूपमा बढेको स्थानीय प्रहरीले जनाएको छ ।
अकिता शहरमा, एक ६५ वर्षीय व्यक्तिलाई उहाँको घरको नजिकै आइतबार स्थानीय समय अनुसार बिहान ५ः३० मा आक्रमण गरेको तथा घटनास्थलमा दुईवटा भालु देखिएको प्रहरीले जनाएको छ ।
पीडित घाइतेलाई उपचारका लागि अस्पताल लगिएको तथा स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
दाइसेन शहरमा, आइतबार बिहान भएको आक्रमणमा एक व्यक्ति घाइते भएको तथा घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
नोभेम्बरको सुरुमा अकितामा भालुसम्बन्धी घटनामा तीन जनाको मृत्यु हुनुका साथै ५० भन्दा बढी घाइते भएको जनाइएको छ । प्रान्तीय सरकारले उक्त क्षेत्रका लागि चेतावनी जारी गर्दै बासिन्दाहरूलाई सतर्क रहन र भालु देखा पर्न सक्ने पाहाडी क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेको छ ।
















निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, कस्ताे रहला आज देशभरकाे माैसम ?
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया