एमालेकाे स्वयंसेवक फोर्सले संकट र विपत्तिमा सघाउँछः अध्यक्ष ओली
मेरोन्यूज
२०८२ मंसिर ५ गते १६:३८

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नवगठित राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ)ले मुलुकमा सङ्कट र विपत्ति पर्दा जनताको सुरक्षा तथा सहयोगका लागि काम गर्ने बताएका छन्।
सो सङ्गठनको केन्द्रीय कमाण्डको घोषणा गर्न आज बबरमहलमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले यो कसैका विरुद्ध नभइ हिंसा र अराजकताविरुद्ध गठन गरिएको बताए । यसले जनधनको रक्षा, औद्यागिक प्रतिष्ठानको सुरक्षामा सहयोग पु¥याउने उल्लेख गर्दै उहाँले सुरक्षा निकाय र सामाजिक संस्थासँग मिलेर काम गर्ने बताए ।
अध्यक्ष ओलीले विघटित प्रतिनिधिसभाको पुनःस्थापनाबाट मुलुकको राजनीतिक निकास हुन्छ भन्ने पार्टीको अडान दोहर्याए । कार्यक्रममा राष्ट्रिय युवा सङ्घका पूर्वउपाध्यक्ष पुष्पराज श्रेष्ठको संयोजकत्वमा राष्ट्रिय स्वयंसेवक फोर्सको केन्द्रीय कमाण्ड घोषणा गरिएको थियो ।
सम्बन्धित









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया