नवलपरासीमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, २ जना घाइते

मध्यविन्दु (नवलपरासी) ।पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६ डण्डा बजारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परेर दुई जना सख्त घाइते भएका छन् ।
शुक्रबार राति १०ः०० बजेको समयमा डण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना४३प ३४३६ नंको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा तीन जना गम्भीर घाइते भएकोमा एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए ।
मोटरसाइकल चालक कावासोती नगरपालिका–१६ गैडाचोक बस्ने ४२ वर्षीय हीराबहादुर परियारको उपचारको क्रममा शुक्रबार राति नै मृत्यु भएको हो ।
मोटरसाइकल पछाडि सवार कावासोती नगरपालिका–३ बस्ने वर्ष ३२ की सुनिता जोहार्जा र कावासोती नगरपालिका–१४ बस्ने वर्ष २४ की मीना मगरको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ ।
मोटरसाइकललाई ठक्कर दिने सवारीसाधनको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक नेपालले जानकारी दिए ।









झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
प्रतिक्रिया