अझै फर्किएनन् १२४ कैदीबन्दी

चितवन। ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २५ गते यहाँको जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये १२४ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कार्यालयमा सम्पर्कमा नआएकाहरुमध्ये जबरजस्तीकरणीका ३८ जना रहेका छन् । लागुऔषधका २५ जना, गैँडासम्बन्धी मुद्दाका १२, चोरी मुद्दाका १२ जना रहेका छन् ।
कार्यालय प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार कर्तव्य ज्यान मुद्दाका १०, हिउँ चितुवा अखेटो प्रहार ओसारपसारका पाँच, बैंकिङ कसुर, सवारी ज्यान अङ्गभङ्ग मुद्दाका तीन÷तीन जना, ठगी कृते, सहकारी ठगी, खोटा मुद्रा मुद्दाका दुई÷दुई जना फरार रहेका छन् । डाँका, हातहतियार तथा खरखजना, विद्युतीय कारोबार, अभद्र व्यवहार, अपराधिक उपद्रव, ज्यान मार्ने उद्योग, मानव बेचविखन र अपहरण मुद्दामा एक÷एक जना फरार रहेका छन् ।
हालसम्म कारागारमा सम्पर्कमा नआएकामध्ये ११ जना भारतीय नागरिक रहेका छन् । उनीहरूसहित दुई जना बालबालिका सम्पर्कमा आएका छैनन् । ढुङ्गानाका अनुसार हालसम्म ६१५ जना कैदीबन्दी फर्किएका छन् । उनीहरूसँग आश्रित दुई बालबालिका पनि छन् । फरार रहेकाहरूको प्रहरीले खोजी गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले प्रहरीले दैनिकजसो फरार कैदीबन्दी पक्राउ गरेर ल्याउने गरेको सुनाए । मातहतका सबै जनशक्तिले फरार रहेकाको खोजीलाई तीव्रता दिएको उनले बताए । कारागार व्यवस्था विभागले असोज २० गतेसम्म कारागार फर्कन गरेको अनुरोधको समयभित्र ५७४ जना फर्किएका थिए ।
सम्पर्कविहीन भएकाको सम्पर्क ठेगानासहित सम्बन्धित प्रहरी एकाइमा पत्राचार गरिएको ढुङ्गानाले जानकारी दिए । उनले जिल्ला कारागारमा हाल बाहिरी जिल्लाका छ र चितवनका पाँच जना कैदीबन्दी अन्य कारागारमा रहेका बताए ।
कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएकालाई कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाइएको छ । फरार कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कारबाही गरिने प्रहरीले जनाएको छ ।

















निगमको यात्रु र आम्दानीमा उल्लेखनीय सुधार
काभ्रेमा दुई हजार पाँच सय अस्थायी मतदाता
अझै प्रश्न आउन छाडेको छैन-मतदाता सूचीमा नाम कसरी हेर्ने?
चीन–जर्मनी सम्बन्ध मजबुत बनाउने प्रयास
स्याङ्जाको आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
प्रतिक्रिया