एमाले महाधिवेशन प्रतिनिधिको उम्मेदवार शुल्क १००० बढी लिन नपाइने
मेरोन्यूज
२०८२ मंसिर ९ गते ९:३५

काठमाडौं । नेकपा एमालेले महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वारी शुल्कमा सीमा तोकेको छ । संगठन विभागले उम्मेद्वारी शुल्क एक हजार भन्दा बढी नउठाउन निर्देशन दिएको छ।
केही जिल्लाहरुमा अस्वभाविक शुल्क लिइएको गुनासो आएपछि शुल्क सीमा तोकेको हो। संगठन विभागले प्रतिनिधि छनोट १३ मंसिरमै सक्न पनि निर्देशन दिएको छ।
त्यसका निम्ति सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य प्रकाशन गर्ने, त्यो सूची केन्द्रीय संगठन विभागलाई जानकारी गराउने र १२ मंसिर साँझसम्म सर्वसहमतिको प्रयास गर्न निर्देशन दिइएको छ।
आगामी मंसिर २७-२९ मा हुने एघारौं महाधिवेशनका १३ मंसिरमा एकैदिन महाधिवेशन प्रतिनिधि छनोट हुँदैछ । महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।
सम्बन्धित










मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया