एमाले महाधिवेशन प्रतिनिधिको उम्मेदवार शुल्क १००० बढी लिन नपाइने
मेरोन्यूज
२०८२ मंसिर ९ गते ९:३५

काठमाडौं । नेकपा एमालेले महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वारी शुल्कमा सीमा तोकेको छ । संगठन विभागले उम्मेद्वारी शुल्क एक हजार भन्दा बढी नउठाउन निर्देशन दिएको छ।
केही जिल्लाहरुमा अस्वभाविक शुल्क लिइएको गुनासो आएपछि शुल्क सीमा तोकेको हो। संगठन विभागले प्रतिनिधि छनोट १३ मंसिरमै सक्न पनि निर्देशन दिएको छ।
त्यसका निम्ति सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य प्रकाशन गर्ने, त्यो सूची केन्द्रीय संगठन विभागलाई जानकारी गराउने र १२ मंसिर साँझसम्म सर्वसहमतिको प्रयास गर्न निर्देशन दिइएको छ।
आगामी मंसिर २७-२९ मा हुने एघारौं महाधिवेशनका १३ मंसिरमा एकैदिन महाधिवेशन प्रतिनिधि छनोट हुँदैछ । महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।
सम्बन्धित
















भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
प्रतिक्रिया