आइतबार, वैशाख २०, २०८३

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै

मेरोन्यूज २०८२ मंसिर १० गते ९:३२
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बुधबार निर्वाचन आयोगमा दर्ता रहेका दलहरूलाई सरकारको कामकावाही र प्राथमिकताबारे जानकारी दिने उद्देश्यले आयोजित बैठकमा प्रधानमन्त्री सुशीला कार्की । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्तिप्रति यो समुदायका अगुवाले आपत्ति जनाएका छन्। देशमा सामाजिक सद्भाव र भाइचारा खल्बल्याउने प्रकृतिको भएकाले निन्दनीय र पदको मर्यादाविपरीत भएको भन्दै आपत्ति जनाएका छन्।

Advertisement
NiccNicc

‘मुलमानको प्रवृत्ति व्यवहार हेर्छौ। त्यो व्यवहार अन्यायपूर्ण देखिन्छ। जिउँदै लगेर महिलालाई गाँड्ने गरेको देखिन्छ। कतिपय देशमा महिलालाई पढ्न नदिने अहिले पनि छ’, एक कार्यक्रममा प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘…मसुसलमानले सात वर्षको बच्चाको विवाह गर्ने अरु कुरालाई संर्कीण बनाउँदै बनाउँदै लगे।’डा. अबुल हुसेन अन्सारीले सूचना सार्वजनिक गर्दै यस्तो गैर–जिम्मेवार अभिव्यक्तिप्रति समग्र मुस्लिम समुदायले गम्भीर खेद गरेका हुन्।

उनले अमर्यादित गतिविधिविरुद्ध समुदायको संयुक्त रूपमा छलफल तथा भेला आयोजना गरिएको भन्दै उपस्थित हुन सम्पूर्ण मुस्लिम समुदायका दाजुभाइ तथा दिदीबहिनीलाई अनुरोध गरेका छन्।मुस्लिम समुदायले कार्की ब्याङक्वेट बबरमहलमा दिउँसो २ बजे प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध कार्यक्रम गर्न लागेकोसमेत उनले जानकारी दिएका छन्।

प्रतिक्रिया