देउवासँग आज पनि कार्यवाहक सभापति र दुई महामन्त्रीले छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माको छलफल हुने भएको छ ।
महाधिवेशनसम्बन्धी विवाद समाधानका लागि कार्यवाहक सभापति खड्का र महामन्त्रीद्वय थापा तथा शर्मा आज (शनिबार) तेस्रो दिन पनि छलफल गर्न लागेका हुन् ।
उनीहरूबीच शनिबार दिउँसो २ बजे सभापति देउवा बस्दै आएका महाराजगञ्जस्थित भाडाको निवासमा छलफल हुने तय भएको छ ।
कांग्रेसमा महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा सहमति जुट्न सकेको छैन ।देउवा पक्षीय शीर्ष तहका नेताहरू प्रतिनिधिसभा निर्वाचन अघि महाधिवेशन गर्न नसकिने पक्षमा छन् । सभापति देउवा स्वयं भने आगामी पुसमा महाधिवेशन गर्न सकिने पक्षमा देखिएका छन् ।
दुई महामन्त्रीले नियमित महाधिवेशन गर्नै नसकिने भए विशेष महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् । महाधिवेशन प्रतिनिधिसभा निर्वाचन अघि गर्ने कि पछि गर्ने भन्ने विवादले २८ असोजदेखि जारी केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्न सकेको छैन ।कार्यवाहक सभापति खड्का केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेर सहमतिका लागि शीर्ष तहमा छलफल गरिरहेक पनि सहमति जुट्न सकेको छैन ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया