देउवासँग आज पनि कार्यवाहक सभापति र दुई महामन्त्रीले छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माको छलफल हुने भएको छ ।
महाधिवेशनसम्बन्धी विवाद समाधानका लागि कार्यवाहक सभापति खड्का र महामन्त्रीद्वय थापा तथा शर्मा आज (शनिबार) तेस्रो दिन पनि छलफल गर्न लागेका हुन् ।
उनीहरूबीच शनिबार दिउँसो २ बजे सभापति देउवा बस्दै आएका महाराजगञ्जस्थित भाडाको निवासमा छलफल हुने तय भएको छ ।
कांग्रेसमा महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा सहमति जुट्न सकेको छैन ।देउवा पक्षीय शीर्ष तहका नेताहरू प्रतिनिधिसभा निर्वाचन अघि महाधिवेशन गर्न नसकिने पक्षमा छन् । सभापति देउवा स्वयं भने आगामी पुसमा महाधिवेशन गर्न सकिने पक्षमा देखिएका छन् ।
दुई महामन्त्रीले नियमित महाधिवेशन गर्नै नसकिने भए विशेष महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् । महाधिवेशन प्रतिनिधिसभा निर्वाचन अघि गर्ने कि पछि गर्ने भन्ने विवादले २८ असोजदेखि जारी केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्न सकेको छैन ।कार्यवाहक सभापति खड्का केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेर सहमतिका लागि शीर्ष तहमा छलफल गरिरहेक पनि सहमति जुट्न सकेको छैन ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया