शनिबार, वैशाख १९, २०८३

विवेकशील साझाका नेताहरूलाई रास्वपाले संघीय नेतृत्व मञ्चमा मनोनीत गर्ने

मेरोन्यूज २०८२ मंसिर १४ गते १७:१२

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकीकरणमा गएका विवेकशील साझाका नेताहरुलाई संघीय नेतृत्व मञ्चमा मनोनीत गरिने भएको छ ।

Advertisement
NiccNicc

दुई पार्टीबीचमा एकताको औपचारिक घोषणा लगत्तै सार्वजनिक गरिएको सहमतिमा राष्ट्रिय महाधिवेशन सम्मको लागि उक्त संरचनामा मनोनीत गरिने समझदारी बनेको छ ।

विवेकशील साझा पार्टीबाट एकीकरणको प्रक्रियाबाट आउने नेताहरुलाई आपसी समझदारीमा मनोनयन गर्ने सहमतिपत्रमा उल्लेख छ । उक्त पार्टी संरचनामा स्थान पाउने व्यक्तिहरुको वरियता केन्द्रीय सदस्य सरह हुने गरी मनोनीत गरिने भएको छ ।

रास्वपामा उपासभापति एवं उच्च स्तरीय संवाद समितिका संयोजक एवं विवेकशील साझा पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारले गरेको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । उक्त सहमतिपत्रमा विवेकशील साझाका सल्लाहकारहरुलाई केन्द्रीय, प्रादेशिक र स्थानीय तहगत समायोजन गरिने उल्लेख छ । दुई पार्टीको तहगत संरचनामा रहेकाहरुको जिम्मेवारी निर्धारण योग्यता, समावेशिताको सिद्धान्त र सार्वजनिक छविलाई आधार बनाउने उल्लेख गरिएको छ ।

दुबै दलले सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीलाई आत्मसाथ गर्ने जनाएक छन्। सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूबीच सहकार्य हुन अपरिहार्य रहेको तथ्यलाई आत्मसात गर्दै एकीकरण गरिएको सहमतिपत्रमा उल्लेख छ।

विवेशीकशील अभियानका संस्थापक उज्ज्वल थापालाई वैकल्पिक राजनीतिका प्रणेताको संज्ञा दिइएको छ। दुई बीचमा बनेको सहमतिम उज्जवले सुरु गरेको ‘विवेकशील अभियानको योगदानलाई दस्तावेजीकरण गरी मान्यता दिने’ उल्लेख छ।

दुई दलबीचमा आइतबार औपचारिक रुपमा एकताको घोषणा गरिएको छ । पार्टीको नाम, चुनाव चिह्न, नेतृत्व लगायतलाई विवेकशील साझाले स्वीकारेर एकीकरण गरेको छ ।

प्रतिक्रिया