मंगलबार, मंसिर १६, २०८२

नवलपुरमा थपिए नौ हजार मतदाता

मेरोन्यूज २०८२ मंसिर १६ गते ९:४९

त्रिवेणी (नवलपरासी)। जिल्लाको बर्दघाट सुस्तापूर्व नवलपुरमा नौ हजार २३७ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार कार्यालयबाट नाम दर्ता गराउने मतदाताको सङ्ख्या तीन हजार १५३ रहेको छ । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर छ हजार ८४ जनाले नाम दर्ता गराएका छन् ।

यसअघि यहाँ दुई लाख ६० हजार ४३२ मतदाता थिए । निर्वाचन कार्यालयले बुलिङटार–२ मा एउटा मतदानस्थल थप्न सिफारिस गरेको छ । यसअघि नवलपुरमा एक सय १३ मतदानस्थल थिए ।

प्रतिक्रिया