जनकपुरविरुद्ध टस जितेर ब्याटिङमा चितवन
मेरोन्यूज
२०८२ मंसिर १६ गते ११:५६

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछन्।
त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर ब्याटिङ रोजेको छ । लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जितेर गणितीय हिसाबले भए पनि ‘प्लेअफ’को दौडमा कायम रहन चाहन्छ । पराजित भएमा जनकपुर बाहिरिनेछ ।
चार खेलबाट दुई खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ ।
आज अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । यही मङ्सिर १ गतेदेखि सुरु प्रतियोगितामा हालसम्म १९ खेल सम्पन्न भएका छन् । अपराजित सुदूरपश्चिम रोयल्स मात्रै १० अङ्क जोडेर प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।
सम्बन्धित









जनकपुरविरुद्ध टस जितेर ब्याटिङमा चितवन
मंगलबार कति छ सुनको भाउ ?
इनरुवा-३ का मतदाता भन्छन्-‘विकास पहिलो प्राथमिकतामा हुनुपर्छ’
कालीकोटमा विषयगत शिक्षक पाउन कठिन
नवलपुरमा थपिए नौ हजार मतदाता
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
एनपिएलमा पहिलोपटक विदेशी कप्तान
प्रतिक्रिया