निर्वाचन बिथोलिन दिँदैनौँ, जसरी पनि हुन्छ : गृहमन्त्री अर्याल

सुदूरपश्चिम । गृहमन्त्री ओमप्रकाश अर्यालले लुटिएका हतियार र भागेका कैदीबन्दीका कारण निर्वाचनलाई बिथोलिन नदिने बताएका छन् ।
धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दीका विषयमा धेरै अतिरञ्जित गर्न जरुरी नभएको उल्लेख गरे।
जेनजी आन्दोलनको घटनामा लुटिएका ७२७ थान हतियार फिर्ता भइसकेको र चार हजार ५५२ कैदीबन्दी फिर्ता हुन बाँकी रहेको जानकारी दिँदै उनले फरार बाँकी कैदीबन्दीलाई पक्राउ गर्न ‘अप्रेसन’ चलाइएको र लुटिएका थप हतियार पनि फिर्ता हुने क्रममा रहेको बताए ।
लोकतान्त्रिक पद्धतिमा चुनाव अपरिहार्य रहेको उल्लेख गर्दै उनले भने, “सरकारले वार्ता, संवाद र छलफललाई प्राथमिकता दिएको छ, कसैलाई पनि काखा र पाखा नगरी सबैका कुरा सुनिरहेका छौँ, सबैका भावना समेट्दै चुनावमा होमिसकेका छौँ ।” उनले विधिको शासन, हस्तक्षेप मुक्त प्रशासनसहित सुशासन कायम गरी तोकिएको समयमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु सरकारको मुख्य उद्देश्य रहेको स्पष्ट पारे।
गृहमन्त्री अर्यालले कुशासन बेथितिका विरुद्ध जेनजी युवाहरुले उठाएका माग र भदौ २३ र २४ गतेको घटनापश्चात् गृह प्रशासनले शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाहको प्रभावकारितामा निष्ठापूर्वक काम गरिरहेको बताए।
नागरिक र सुरक्षाकर्मी बीचको सम्बन्ध सुदृढ हुँदै गएको बताउँदै उनले भन, “सुरक्षाकर्मीको मनोबल उच्च भयो भने मात्र नागरिक र राष्ट्रको मनोबल पनि उच्च हुन्छ ।” उनले तोकिएको समयमा निर्वाचनको वातावरण बनाउने काममा प्रदेश सरकारको भूमिका पनि महत्वपूर्ण हुनेमा जोड दिए ।









निर्वाचन बिथोलिन दिँदैनौँ, जसरी पनि हुन्छ : गृहमन्त्री अर्याल
नेपालपे कार्ड जारी गर्ने सम्बन्धमा एनआइसी एसिया बैंक र एनसिएचएल बीच सम्झौता
महाधिवेशनका लागि समय कम भयोः शशांक कोइराला
बेनी–जोमसोम–कोरला सडकः म्याग्दी खण्ड स्तरोन्नति
जनकपुरविरुद्ध टस जितेर ब्याटिङमा चितवन
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एनपिएलमा पहिलोपटक विदेशी कप्तान
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
प्रतिक्रिया