अरूका झुटा भाष्यका पछाडि नलाग्न जेनजी युवालाई गृहमन्त्री अर्यालको आग्रह

धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी युवाहरूलाई अरूले निर्माण गरिदिएका गलत र झुटा भाष्य बोकेर त्यसको पछि नलाग्न आग्रह गरेका छन्।
मङ्गलवार धनगढीमा जेनजीहरुसँगकाे कुराकानीकाे क्रममा मन्त्री अर्यालले युवा शक्तिको बलमा गठन भएको अहिलेकाे सरकार कुशासनलाई अन्त्य गर्न कै लागि भनेर युवा वर्गले राखेको अपेक्षा र देशमा देखिएका अनेकन समस्याहरुको हल गर्न तर्फ प्रतिबद्ध रहेको बताए ।
अरू विरोधी शक्ति र समुहले निर्माण गरिदिएको गलत र झुटा भाष्यको पछि लागेर युवाहरूले पनि यो सरकार पनि उस्तै रहेछ भन्ने गलत बुझाइ राख्न नहुने तर्क गर्दै मन्त्री अर्यालले भने, “भदौ २३ को घटनाको सन्दर्भमा पुलिस प्रशासन, कानुन, अदालत र सरकारले नै गठन गरेको उच्च स्तरीय जाँच बुझ आयोगले आ-आफ्नो तरिकाले काम गरिरहेकोले अहिले नै सबै थोक खतम भयो, केही भएन र जेनजीले न्याय पाउन सकेन भनेर निराश हुने पर्ने छैन, हामी न्याय, सुशासन, र भ्रष्टाचार अन्त्यका लागि काम गर्दै छौ।”
यो सरकार जेनजी आन्दोलनमा मृत्यु भई शाहदत प्राप्त गर्नु भएका युवाहरू, उनीहरूका आश्रित परिवार तथा सम्पूर्ण घाइतेहरूको लागि यो सरकारले गर्नु पर्ने सम्पूर्ण आवश्यक निर्णयहरू गर्दै गइरहेको र उनीहरूकै सम्मान र बलिदानको सम्झना गर्दै जेन-जी सहिद दिवस मनाउने निर्णयसमेत यो सरकारले गरिसकेको कुरा मन्त्री अर्यालले बताए। सहिद योद्धा उद्यान र उनीहरूको सालिक निर्माणका पनि यो सरकारले काम अघि बढाई सकेको पनि उनले जानकारी दिए।
भेटका क्रममा मन्त्री अर्यालले जेन-जी युवाहरूलाई गलत नगरेका युवाहरू समाजमा लुकेर बस्नु नपर्ने बरु कानुनलाई सघाएर गलत तथ्यहरू छन् र कोही निर्दोष फसेका छन् भने प्रहरी प्रशासनलाई अनुसन्धानमा सघाउन आग्रह गरे।
युवाहरूले राख्नु भएका धारणा र मागहरू सुनी सकेपछि मन्त्री अर्यालले यो सरकारले कोही युवा शक्तिलाई पक्षपात नगर्ने र विना आधार र प्रमाण हेरेर मुद्दा चल्ने नचल्ने सबै निर्क्योल गरेर मात्रै प्रहरी प्रशासनले आफ्नो कदम चल्ने कुरा स्पष्ट पारे।









अरूका झुटा भाष्यका पछाडि नलाग्न जेनजी युवालाई गृहमन्त्री अर्यालको आग्रह
डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका
धनुषाबाट करीब १३ लाख ७० हजारकाे काजु बरामद
फोटोन टोटल केयर: भरोसायुक्त आफ्टर सेल्स सर्भिस
नेपाल लाइफद्वारा भौतिक पूर्वाधार कोषमा १ करोड ५० लाख सहयोग
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सुदूरपश्चिमविरूद्ध पहिला ब्याटिङ गर्दै जनकपुर
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
प्रतिक्रिया