मंगलबार, मंसिर १६, २०८२

वाइडबडी प्रकरणमा सफाइ पाएकाविरूद्ध सर्वोच्च पुग्यो अख्तियार

मेरोन्यूज २०८२ मंसिर १६ गते १७:४०

काठमाडाैं । नेपाल वायुसेवा निगमका लागि वाइडबडी विमान खरिदमा भएको घोटालासम्बन्धी मुद्दामा विशेष अदालतबाट भएको फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदन लिएर सर्वोच्च अदालत गएको छ ।

वाइडबडी खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वमन्त्री जीवनबहादुर शाहीसहित २२ जनालाई सफाइ दिएको थियो। उक्त फैसला चित्त नबुझेपछि अख्तियारले मंगलबार सर्वोच्चमा पुनरावेदन दिएको हाे ।

अख्तियारले वाइडबडी जहाज खरिद प्रकरणमा एक अर्ब ४७ करोड १० लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै पूर्वमन्त्री शाहीसहित २०८० चैत २२ गते ३२ जनाविरूद्ध मुद्दा हालेको थियो।

२०८१ मंसिर २१ गते निगमका तत्कालिन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जना कर्मचारी र बिक्रेता कम्पनीका सात जना विदेशीसहित १० जनालाई दोषी ठहर भएका थिए भने अन्य सबैले सफाइ पाएका थिए।

प्रतिक्रिया