एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को

काठमाडौँ । नेकपा (एमाले)को आसन्न महाधिवेशनमा मिति नजिकिदै गर्दा सचिव पदमा उम्मेदवार बन्ने नेताहरुको लर्को लाग्न थालेको छ । १५ पदाधिकारीमध्ये सात सचिव पदमा डेढ दर्जन नेताहरु सचिव बन्न लागिपरेका छन् ।
सचिव पदको संख्या सात भएकोले पनि अन्य पदाधिकारीमध्ये सचिवमा धेरै आकांक्षी देखिएका हुन् । यसपटक स्थायी कमिटी संरचना नै नभएपछि धेरै जसो स्थायी कमिटी सदस्य र पोलिटव्युरो सदस्य सचिवको आकांक्षी देखिएका हुन् । त्यसमा पनि संस्थापन केपी शर्मा ओली पक्षीय नेताहरु सचिवका धेरै आकांक्षी रहेका छन् ।
सचिवका आकांक्षी धेरै भएकोले ओलीलाई मिलाउन हम्मेहम्मे पर्ने देखिन्छ । संस्थापन पक्षका नेता आफैले सचिव भनेर प्रचार नगरेपनि केपी ओली, विष्णु पौडेल र शंकर पोखरेलसँग आफु सचिव पदको उम्मेदवार बन्ने इच्छुक रहेकाे बताइसकेका छन् । तर उनीहरु आफैले भने सचिवको उम्मेदवार भन्न सकेका छैनन् । सचिव पदमा भर्खरै नेकपा (एकिकृत समाजवादी)बाट प्रवेश गरेकी रामकुमारी झाक्रीदेखि ओलीलाई गुण्डुमा ल्याएर आश्रय दिएका महेश बस्नेत समेत रहेका छन् । बस्नेत पार्टी र ओली संकटमा परेका वेला जोखिम मोलेर ओलीलाई भक्तपुरस्थित आफ्नो गाउँमा बसालेका छन् ।
यस्तै सचिवमा अनेरास्ववियुका पूर्व अध्यक्ष तथा पोलिटव्युरो सदस्य खिमलाल भट्टराई, दुई मुख्यमन्त्री हिक्मत कार्की र यमलाल कडेल, पूर्व मुख्यमन्त्री शेरधन राई र खगराज अधिकारी समेत रहेका छन् । यस्तै पोलिटव्युरो सदस्य सूर्य थापामा पनि सचिव बन्ने लाइनमा रहेको बुझिएको छ । यस्तै जनसम्पर्क सयन्त्रका संयोजक ओलीका विश्वास पात्र भानुभक्त ढकाल समेत सचिव पदका आकांक्षी रहेका छन् । एमालेमा परराष्ट्र जानकार भनेर चिनिने तर अहिले वागमती एमालेको इन्चार्ज रहेका राजन भट्टराई पनि सचिव बन्न खुट्टा उचालेका छन् ।
यस्तै प्रचार विभाग प्रमुख राजेन्द्र गौतम पनि स्थायी कमिटी सदस्यबाट एक तह माथि सचिव बन्ने दौडधुप लागेका छन् । यसटक पार्टीले विधान संशोधन गरेर स्थायी कमिटी हटाएर पनि पोलिटव्युरो सदस्य पनि सचिव बन्न दौडधुपमा लागेका हुन् । यस्तै भीम आचार्य, रघुजी पन्त, निरज आचार्य पनि सचिवका आकांक्षी देखिएका छन् ।
यता ईश्वर पोखरेलको समूहबाट सचिव पदमा कर्ण थापा गोकुल वाँस्कोटा र ठाकुर गैरको चर्चा रहेको छ । त्यसो त ओलीलाई हालका सचिव लेखराज भट्ट, छविलाल विश्वकर्मा र रघुविर महासेठलाई पनि मिलाउनुपर्ने छ । ति तीन जनालाई पुनः सचिवमा दोह¥याउँदा अन्य चार जना कसलाई सचिव बनाउने भन्नेमा ओलीलाई नैतिक संकट नै पर्ने हुन्छ । महाधिवेशन यहि मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदै छ ।









दाङको लमहीमा गोली चल्यो,एक जना घाइते
एमालेको ‘नवयुग’ ई–बुलेटिन शुभारम्भ
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा लुम्बिनीको जित
एनपीएल : ब्याटिङमा विदेशी र बलिङमा नेपाली खेलाडीको दबदबा
विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य
प्रतिक्रिया