हेमजा साहित्य महोत्सव सम्पन्न

गण्डकी, । हेमजा साहित्य प्रतिष्ठाद्वारा पोखरा महानगरपालिका–२५ हेमजामा आयोजित दुईदिने हेमजा महोत्सव शनिबार सम्पन्न भएको छ ।
महोत्सवमा देशका विभिन्न स्थानबाट लेखक तथा साहित्यकारको सहभागितामा कवि मुकुन्दशरण उपाध्यायको रथारोहणसहित विविध साहित्यिक कार्यक्रम आयोजना गरिएका थिए । उनलाई हेमजाको लामाचौतारादेखि साझा चोक, नहरचोक, मिलनचोक हुँदै साहित्य महोत्सवस्थल ज्ञानसागर एकेडेमीसम्म रथमा घुमाएर अभिनन्दन गरिएको थियो ।
महोत्सवको पहिलो दिन नेपाली नाटक तथा रङ्गमञ्च, आख्यान, महाकाव्य लेखन, गीत, गजल, लघुकथा, कविताका विविध पक्षमा चर्चा गरिएको थियो भने दोस्रो दिन कवि उपाध्यायको रथारोहण कार्यक्रम गरिएको थियो ।
महोत्सवका आकर्षण नवराज लम्साल, माधव वियोगी रामचन्द्र पोखरेल, भूमिराज बस्ताकोटी, जगन्नाथ रेग्मी, रमेश शुभेच्छुकृष्ण उदासी, पुरु लम्सालप्राञ्जल, ज्ञानु अधिकारी, डा रजनी ढकाल र तीर्थ गुरुङलगायत थिए।
त्यस अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाली भाषा तथा साहित्यका क्षेत्रमा कवि उपाध्यायले पुर्याउनुुभएको योगदानको कदरस्वरुप रथारोहण कार्यक्रम आयोजना गरिएको बताए ।
साहित्यकार उपाध्यायका मदन पुरस्कार प्राप्त वर्णनात्मक कविता सङ्ग्रह ‘प्राकृत पोखरा’लगायत दर्जनौँ कृति प्रकाशित छन् ।












विशेष महाधिवेशनमा महामन्त्रीद्वयको अगुवाइ
निर्वाचनमा देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिलाई विजय गराउनुपर्छः पूर्वप्रधानमन्त्री खनाल
राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल
कांग्रेसको विशेष महाधिवेशन उद्घाटन आज दिउँसो १ बजे, नाम दर्ता बिहान ८ बजेदेखि
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
ओखलढुंगाबाट ईश्वर पोखरेलसहित एमालेका ५ उम्मेदवार सिफारिस
प्रतिक्रिया