एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार

काठमाडौँ । नेकपा (एमाले)को ११ औ राष्ट्रिय महाधिवेशनमा युवा नेत्री पनि केन्द्रीय सदस्यको सशक्त दावेदारमा देखिएका छन् । यसअघि केन्द्रीय सदस्य नभएका युवा नेत्रीहरु यसपटकको महाधिवेशनबाट केन्द्रीय सदस्यमा अट्ने गरि तयारी थालेका छन् ।
राष्ट्रिय युवा संघका सहअध्यक्ष समेत भइसकेकी अहिले एमाले अर्थ तथा योजना विभागकी सचिव क्रान्ति बुर्लाकोटी, पूर्व अखिल नेतृ मेनका पछाई र राधिका खतिवडा, भक्त लामा एमाले केन्द्रीय सदस्यमा शसक्त दावेदारमा रुपमा अघि देखिएका छन् । पछाई कर्णाली प्रदेश कमिटीकी पूर्व सदस्य, अधिवक्ता समेत रहेकी खतिवडा अखिलकी पूर्व सचिव र अखिलका पूर्व सचिव समेत रहेकी लामा वागमती प्रदेश कमिटी उपसचिव हुन् । पछाईं, बुर्लाकोटी, खतिवडा, लामा यसअघि नै केन्द्रीय कमिटीमा समेट्नुपर्ने भएपनि अटाएनन् ।
यस्तै बाँकेबाट बसन्ती अधिकारी, विजया धिताल पनि केन्द्रीय सदस्यको आकांक्षी रहेका छन् ।
यस्तै पुरानाबाट केन्द्रीय सदस्य नविना लामा, कमला वोहरा, सुनिता बराल, उषाकिरण तिमिल्सेना, दीपा शर्मा पनि दोहरिने इच्छा व्यक्त गरेका छन् । उनीहरु सवै अखिल पुष्ठिभूमिबाट आएका युवा नेतृ हुन् । लामा र बराल अखिल अध्यक्ष र बोहरा, तिमिल्सेना र शर्मा सचिवालय सदस्य भइसकेका हुन् ।
२५१ केन्द्रीय कमिटी सदस्यमा यसपटक ४० बर्ष मुनिका युवालाई समेट्ने भएकोले धेरै युवा उम्मेदवार केन्द्रीय सदस्यको आकांक्षी बन्ने छन् ।
जेनजी आन्दोलनपछि पुस्तान्तरणको खोजिरहेको वेला एमाले पंक्तिमा यी युवा नेतृ केन्द्रीय सदस्यमा अटाउन सके पार्टीलाई पक्कै पनि फाइदा हुने छ ।









गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण
PM Karki seeks former President Bhandari’s support on election bid
मुख्य न्यायाधिवक्ता महतो पदमुक्त
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
प्रतिक्रिया