बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो

धरान (सुनसरी) । बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा धान उत्पादन घटेको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीणलाल श्रेष्ठका अनुसार गत वर्षको तुलनामा यस वर्ष पाँच हजार ३९२ मेट्रिकटन धान उत्पादनमा कमी आएको हो ।
गत वर्ष जिल्लामा दुई लाख १७ हजार ६८ मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष दुई लाख ११ हजार ६७६ मेट्रिकटन उत्पादन भएको उहाँले जानकारी दिए । जिल्लामा ४८ हजार नौ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । गत कात्तिक १३ र १४ गते परेको अविरल बेमौसमी वर्षाले करिब १४ हजार हेक्टर क्षेत्रफल धानबालीमा क्षति पुगेपछि उत्पादनमा गिरावट आएको उनको भनाइ छ ।
सूचना अधिकारी श्रेष्ठले भने, “सुरुमा पानी नपरेर रोपाइँ ढिला भए पनि त्यसपछि अनुकूल मौसमका कारण उत्पादन वृद्धि हुने अपेक्षा थियो । यो वर्ष रोगकिराको सङ्क्रमण न्यून देखिएको थियो, तर कात्तिकको बेमौसमी वर्षाले धान बाट्ने समयमा क्षति पु¥याउँदा उत्पादन घट्यो ।”
उनका अनुसार यहाँका अधिकांश किसानले राधा, बारतरहरा, सावित्री, सुनौलो सुगन्ध, लोकतन्त्र, कालो पोके, लोकनाथ, राम र बास्मती जातका धानखेती गर्दछन् । सुनसरीको बराहक्षेत्र, रामधुनी, कोशी, इनरुवा, देवानगञ्ज, बर्जु र दुहबी क्षेत्रहरू प्रमुख धान उत्पादन क्षेत्रका रूपमा रहेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया