गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
मेरोन्यूज
२०८२ मंसिर २१ गते १९:५७

गोरखा। गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए ।
आगलागीबाट भवनका करिब ५० वटा कोठा, त्यहाँ रहेका लत्ताकपडा, भाँडाकुँडा, फर्निचर सबै जलेर नष्ट भएको उनले बताए । त्यहाँ लामासहित ६० जना भिक्षुहरु बस्ने गरेको र आगलागीको कारण भने खुल्न सकेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।
घटनास्थलमा प्रहरीचौकी सामागाउँ र लार्के प्रहरी चौकी नाम्रुङको टोली खटेको र क्षतिको पूर्ण विवरण प्राप्त भइनसकेको उनले बताए । यहाँको रिपुम गुम्बा एक हजार वर्षभन्दा पुरानो रहेको मानिन्छ । आगलागी भएको लामाको आवास भवन भने ४० वर्ष पुरानो हो ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया