ईश्वर पोखरेलले पार्टीलाई बुझाएको अवधारणापत्रमा के छ ? (पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो अवधारणापत्र पार्टीमा दर्ज गराएका छन्।
पोखरेलले च्यासलस्थित पार्टी कार्यालयमा महासचिव शंकर पोखरेललाई आफ्नो पक्षको अवधारणा पत्र बुझाएका हुन् ।
अवधारणापत्रमा पार्टी र समसामयिक विषय समेटिएको छ । “गत भदौ २३ गते भएको ‘जेनजी’ आन्दोलन र भदौ २४ गतेको विध्वंसपछिको परिवेशमा हामी पार्टीको महाधिवेशनमा उपस्थित भएका छौँ । यसबीचमा हामीमाथि सोधिएका प्रश्नहरू, गरिएका खबरदारीहरू, लगाइएका आरोपहरू, थोपरिएका लाञ्छनाहरू र हामीप्रति व्यक्त आशाबारेमा हामी जानकार छौँ,” अवधारणापत्रमा उल्लेख छ ।
आसन्न महाधिवेशनमा ईश्वर पोखरेलले अध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । एमाले महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ ।
पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी राजनीतिमा फर्काउन औपचारिक प्रस्ताव गरेका छन्। प्रस्तावमा भनिएको छ, ‘विद्यादेवी भण्डारीले राष्ट्रपति जस्तो गरिमामय जिम्मेवारी सम्हालिसकेपछि आफ्नो अनुभव र ऊर्जा पार्टी काममा फर्काएर खर्चिने चाहना राख्नु खुसी र गौरवको विषय हो।’
भण्डारीलाई पार्टी सदस्यताबाट वञ्चित गरिँदा पार्टीलाई घाटा हुने भन्दै उनलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्ने पोखरेलले बताएका छन्। त्यसैगरी, आगामी फागुन २१ गते तोकिएको निर्वाचनमा होमिन पार्टी पंक्तिलाई आह्वान गरिएको छ।
यस्तो छ पूर्णपाठ
















भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया