आज मंगलबारका लागी विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७९ रुपैयाँ ४८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ९३ पैसा र बिक्रीदर १११ रुपैयाँ ४० पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३५ पैसा र बिक्रीदर २० रुपैयाँ ४३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ११ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८० पैसा र बिक्रीदर नौ रुपैयाँ ८४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४३ पैसा र बिक्रीदर २२ रुपैयाँ ५२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४७० रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३८३ रुपैयाँ १० पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ११ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।








एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल
आज मंगलबारका लागी विदेशी मुद्राको विनिमयदर
प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई फर्काउन सर्वोच्चको आदेश
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
प्रतिक्रिया