नेपाल पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा पन्थी

काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशकमा आचार्य लक्ष्मण पन्थी नियुक्त भएका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पन्थीलाई चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेको हो । पन्थीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाबाट नियुक्तिपत्रसमेत लिएका छन् ।
आचार्य पन्थी खुला प्रतिस्पर्धाबाट समितिको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । समितिको कार्यकारी निर्देशकमा पन्थीसँगै श्रीकेश कौशिकको नाम सिफारिस भएको थियो ।
नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारीधि अनुसन्धानरत पन्थी विभिन्न धार्मिक तथा ज्योतिषीय सङ्घसंस्थामा क्रियाशील छन् । उनले नेपाल ज्योतिष परिषद्, दक्षिण एसियाली ज्योतिष महासङ्घ, विश्व ज्योतिष महासङ्घ, आध्यात्मिक पत्रकार समाज, विश्व हिन्दू महासङ्घलगायतका विभिन्न संस्थाको नेतृत्व तहमा रहेर काम गरिकेका छन् ।
पन्थीले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्यसमेत भएर काम गरिसकेका छन् । उनी अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्यसचिवसमेत हुन् ।
नवनियुक्त कार्यकारी निर्देशक पन्थीले सञ्चारकर्मीसँग कुरा गर्दै सम्पूर्ण संस्कृति, परम्परा, रीतिरिवाजको अपनत्व हुनेगरी आफूले कार्यसम्पादन गर्ने बताए। यसअघि पञ्चाङ्ग निर्णायक समितिको अध्यक्षमा प्रा शम्भुप्रसाद ढकाल र सदस्यमा प्राडा देवमणि भट्टराई, प्राडा नारायणप्रसाद निरौला, रतिदेवी जोशी श्रेष्ठ र चेतराज उपाध्याय नियुक्ति भइसकेका छन् ।









फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु
नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा
एक व्यक्ति एउटा सहकारीमा मात्रै सञ्चालक बस्न पाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन
नेपाल पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा पन्थी
एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
प्रतिक्रिया