सिद्धार्थ बैंकका ग्राहकलाई द सोल्टी होटेल्स् एन्ड रिसोर्टमा २० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र द सोल्टी होटेल्स् एन्ड रिसोर्टबीच छुट सम्झौता भएको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
सम्झौता अनुसार द सोल्टी काठमाडौं, सोल्टी वेस्टइन्ड प्रिमिएर नेपालगन्ज, सोल्टी वेस्टइन्ड इटहरि, सोल्टी वेस्टइन्ड रिसोर्ट चित्तवन , सोल्टी वेस्टइन्ड रिसोर्ट नगरकोट, सोल्टी वेस्टइन्ड लेकसाईड पोखरा , टाईगर प्यालेस बाइ सोल्टी भैरहवा , मिथिला यात्री निवास जनकपुर, अन्तर्राष्ट्रिय विमानस्थल स्थित होराईजन लाउन्ज र आन्तरिक विमानस्थल स्थित होराइजन क्याफेमा बैंकका ग्राहकले छुट पाउने छन् ।
बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १०% अथवा प्लेटिनम क्रेडिट कार्ड वा नारी डेबिट कार्ड प्रयोग गरीे भुक्तानी गर्दा २०% सम्मको छुट प्राप्त गर्ने बैंकले जनाएको छ । यस सम्झौताले ग्राहकलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया