दोहोरो अंकले बढ्यो सेयर बजार
मेरोन्यूज
२०८२ पुष १ गते १५:३४

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंककाे सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अंकले बढेर दुई हजार ६१९ दशमलव ९९ को बिन्दुमा कायम भएको छ ।
आज ३२५ कम्पनीको ७८ लाख चार हजार ४५ कित्ता शेयर ५५ हजार ७८ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २९ करोड ४२ लाख २७ हजार ११२ बराबरको कारोबार भएको छ । आजको कारोबारमा व्यापार समूह बाहेक सबै समूहको उपसूचक बढेको छ ।
स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र नारायणी डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने श्वेतगङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेड रहेको छ ।
कारोबार र कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रु १९ करोड ८२ लाख ४५ हजार २५ बराबरको चार लाख ९४ हजार १८४ कित्ता शेयर किनबेच भएको छ ।
सम्बन्धित














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया