मंगलबार, वैशाख १५, २०८३

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत

मेरोन्यूज २०८२ पुष ४ गते २०:२६

जनकपुरधाम : मधेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले मधेश प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। नेपाली काङ्ग्रेस सहित ७ दलको समर्थनमा बनेको कृष्णा प्रसाद यादवले नेतृत्वको सरकारले विश्वासको मत पाएका हुन्। 

Advertisement
NiccNicc

मधेश प्रदेशसभामा उपस्थिति ९२ सदस्य मध्ये ९२ जनाले मुख्यमन्त्री पक्षमा मतदान गरेको छ। विपक्ष र तटस्थमा शून्य मत परेको छ। प्रदेशसभामा सरकारका लागि बहुमतको आवश्यक संख्या ५४ मत आवश्यक पर्छ। मुख्यमन्त्रीले नेपालको संविधानको धारा १६८ को धारा (४) बमोजिम सबै दलले विश्वासको मत दिएको हो। 

नेपाली काङ्ग्रेसका मुख्यमन्त्री कृष्णालाई नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादी र नेपाल संघीय समाजवादी, संघीय समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टीले  विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गरे। 

प्रतिक्रिया