नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन

बिर्तामोड। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश गम्भीर संकटमा फस्न लागेको बताएका छन् । शनिबार झापाको बिर्तामोडमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले अहिले देश विदेशीहरूले चलाइरहेको आरोप लगाए ।
आगामी चुनावमा कसलाई जिताउने, कसलाई हराउने मात्रै नभइ अहिले दलहरू पनि विदेशीले नै बनाइराखेको आरोप लगाए ।
‘आज हेर्नुस्, दलहरूको हातमा के रहेछ ? आज सरकार कसले बनाइदियो ? कसको सिफारिसमा मन्त्रीहरू बनिराखेका छन्, राजेन्द्र लिङ्देनले यहाँबाट भन्नुपर्छ ? त्यतिमात्रै होइन, अब आउने चुनावमा कुन पार्टीले जित्नुपर्छ, कुन पार्टीले हानुपर्छ त्यो पनि विदेशीहरूले बनाइदिँदैछन् भन्ने तपाईंहरूले सुन्नुभएको छ,’ लिङ्देनले भने, ‘यतिमात्रै होइन, विदेशीहरूले यहाँ पार्टी पनि बनाइदिँदैछन् । भने, देश एउटा गम्भीर संकटमा फस्न लागेको छ ।’यो संकटबाट जोगाउने विकल्प एउटा मात्रै राप्रपा रहेको उनको भनाइ छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल चुनाव जित्ने उद्देश्यका साथ नभई देशलाई जिताउने स्पष्ट एजेन्डासहित राजनीतिक मैदानमा उत्रिएको बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित जनजागरणसभामा उनले आगामी निर्वाचन व्यक्ति विशेष वा दलको जितमा सीमित नभई राष्ट्रको हित, स्थायित्व र भविष्यसँग जोडिनुपर्नेमा जोड दिए ।
अध्यक्ष लिङ्देनले आफ्नो पार्टीको राजनीतिक लक्ष्य सिट सङ्ख्या बढाउने मात्र नभई देशलाई सङ्कटबाट जोगाउने रहेको उल्लेख गरे । “हामी चुनाव जित्ने कुरा मात्रै लिएर आएका छैनौँ । चुनाव भयो भने राप्रपाले जित्ने कुरा पनि आउँछ, तर त्योभन्दा ठूलो कुरा देशले जित्ने वातावरण बनाउनु हो । देश जित्न सबै राष्ट्रवादी शक्ति एक ठाउँमा उभिन आवश्यक छ”, उनले भने ।
देश हाल गम्भीर राजनीतिक, आर्थिक र सामाजिक सङ्कटतर्फ उन्मुख भएको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले यस अवस्थाबाट निकास पाउने लोकतान्त्रिक उपाय स्वच्छ, निष्पक्ष र समयमै हुने निर्वाचन नै भएको बताए । जनताको जनादेशमार्फत बलियो नेतृत्व स्थापित नगरेसम्म राजनीतिक स्थायित्व र समृद्धिको आधार तयार नहुने उहाँको भनाइ थियो । राप्रपा नेता विक्रम पाण्डेले पछिल्ला वर्षमा भएका आन्दोलन, राजनीतिक अस्थिरता र निर्णयहीनताका कारण देश र जनताले ठूलो पीडा भोग्नुपरेको बताए ।
उनले लामो समयदेखि जारी अन्योलले आर्थिक गतिविधि प्रभावित हुनुका साथै जनजीवन कष्टकर बन्दै गएको भन्दै संविधानअनुसारको निर्वाचन नै समस्याको समाधान भएको बताए। नेता ज्ञानेन्द्र शाहीले राजनीतिक अस्थिरताका कारण बेरोजगारी, महँगी र युवाको विदेश पलायन तीव्र बनेकाले अब जनताले मतमार्फत आफ्नो भविष्यको निर्णय गर्नुपर्नेमा जोड दिए । नेतृ खुश्बु ओलीले देशको हित र पहिचान जोगाउन बलियो राष्ट्रवादी नेतृत्व आवश्यक रहेको बताए ।
















Textbooks arrive in Karnali before start of new academic session
सवारी चालक अनुमतिपत्र छपाइ तीव्रगतिमा जारी
नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु
लेबनानमा भएको इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया