गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, २ जना भारतीय नागरिक पक्राउ
मेरोन्यूज
२०८२ पुष १३ गते १०:५१

काठमाडौँ । मोरङको जहदा गाउँपालिकाको सीमावर्ती क्षेत्र नजिकै गाँजा कारोबारीलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले गोली चलाएको छ ।
शनिबार राति गोली चलाएर ३३० किलो गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
नेपाल–भारत सीमा क्षेत्रनजिक प्रहरीले राति १०: ३० बजेतिर प्रहरीलाई देखेपछि टाउकोमा बोकेको गाँजाको बोरा फालेर दुई भारतीय भागेका थिए । उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले हवाई फायर गरेर गाँजा ओसारपसारमा संलग्न भारतको अररिया चन्दामोहनका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई नियन्त्रणमा लिएको छ । हाल दुवैलाई नियन्त्रणमा लिइ कारबाही तथा आवश्यक अनुसन्धान भइरहेको छ ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया