सप्तरीका दुई स्थानीय तहका विद्यालयमा बिदा

राजविराज (सप्तरी)। शीतलहरसँगै अत्यधिक जाडो बढेपछि सप्तरीका दुईवटा स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । जिल्लाको राजगढ गाउँपालिकाले अत्यधिक रूपमा बढेको चिसो तथा शीतलहरका कारण बालबालिकाको स्वास्थ्य अवस्थालाई दृष्टिगत गर्दै बर्से र हिउँदे बिदामा मिलान हुने गरी आइतबारदेखि यही १८ गतेसम्म विद्यालय बन्द गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष रेणुदेवी मण्डलले बताए ।
यस्तै, डाक्नेश्वरी नगरपालिकाले समेत प्रशासनिक कार्यबाहेक नियमित पठनपाठनको कार्य बन्द रहनेगरी विद्यालयमा बिदा दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार मण्डलले आज एक सूचना जारी गर्दै सोमबारदेखि लागू हुनेगरी पाँच दिन बिदा दिइएको जानकारी दिए ।
नगरपालिकाअन्तर्गतका सबै निजी तथा सामुदायिक विद्यालयमा पाँच दिनका लागि बिदा दिइएको नगरपालिकाले जनाएको छ । केही दिनयता बढेको अत्यधिक जाडोका कारण सप्तरीसहित तराई मधेसको जनजीवन प्रभावित भएको छ ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया