सप्तरीका दुई स्थानीय तहका विद्यालयमा बिदा

राजविराज (सप्तरी)। शीतलहरसँगै अत्यधिक जाडो बढेपछि सप्तरीका दुईवटा स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । जिल्लाको राजगढ गाउँपालिकाले अत्यधिक रूपमा बढेको चिसो तथा शीतलहरका कारण बालबालिकाको स्वास्थ्य अवस्थालाई दृष्टिगत गर्दै बर्से र हिउँदे बिदामा मिलान हुने गरी आइतबारदेखि यही १८ गतेसम्म विद्यालय बन्द गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष रेणुदेवी मण्डलले बताए ।
यस्तै, डाक्नेश्वरी नगरपालिकाले समेत प्रशासनिक कार्यबाहेक नियमित पठनपाठनको कार्य बन्द रहनेगरी विद्यालयमा बिदा दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार मण्डलले आज एक सूचना जारी गर्दै सोमबारदेखि लागू हुनेगरी पाँच दिन बिदा दिइएको जानकारी दिए ।
नगरपालिकाअन्तर्गतका सबै निजी तथा सामुदायिक विद्यालयमा पाँच दिनका लागि बिदा दिइएको नगरपालिकाले जनाएको छ । केही दिनयता बढेको अत्यधिक जाडोका कारण सप्तरीसहित तराई मधेसको जनजीवन प्रभावित भएको छ ।















मधेस प्रदेशको बदलिँदो राजनीतिक परिदृश्य, युवा उम्मेदवारको लर्को
कांग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
चितवनमा मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
प्रतिक्रिया