शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
मेरोन्यूज
२०८२ पुष १५ गते ९:१८

काठमाडौँ। नेपाली वृत्तचित्र ‘जिरो टु आठ हजार ८४८’ शून्यदेखि सगरमाथाले फ्रान्सको प्रतिष्ठित वल्र्ड फिल्म फेस्टिभल इन कान्समा ‘बेस्ट एसियन फिल्म अवार्ड’ प्राप्त गरेको छ ।
फेस्टिभलको निर्णायक समितिले फिल्मको सशक्त कथावस्तु, उच्चस्तरीय सिनेम्याटिक प्रस्तुति, सङ्घर्ष, साहस र आकाङ्क्षालाई गहिराइमा प्रस्तुत गरेको पक्षलाई मूल्याङ्कन गर्दै विश्वभरबाट सहभागी भएका चलचित्रमध्ये सो वृत्तचित्रलाई छनोट गरिएको हो ।
‘जिरो टु आठ हजार ८४८’ को मौलिकता, गहिरो अनुसन्धान, विश्वव्यापी सन्देश र प्रकृति तथा संस्कृतिको उच्चतम प्रस्तुतिलाई आधार मानिएको छ ।
वृत्तचित्रमा नेपालको सबैभन्दा होचो भू–भाग झापा जिल्लाको कचनकवलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा, ९८८४८ मिटर० सम्मको यात्रालाई जीवन्त र गहिरो वास्तविकताका साथ प्रस्तुत गरिएको छ । सो वृत्तचित्र सङ्घर्ष, धैर्यता, उद्देश्य साहसको कथासमेत हो ।
जलवायु परिवर्तन, भौगोलिक विविधता तथा जीवनलाई एउटा आरोहणका रूपमा बुझाउने दार्शनिक सन्देश पनि सो वृत्तचित्रमा समेटिएको छ ।
फिल्मका टिम लिडर प्रेम बानियाँले भन्नुभयो, “बेस्ट एसियन फिल्म’ अवार्ड प्राप्त गर्नु हाम्रो लागि अत्यन्तै गर्वको विषय हो । यसले केवल यो डकुमेन्ट्री फिल्मलाई मात्रै होइन, नेपाल र एसियाका विषय वस्तु, पात्र र सोचलाई पनि अन्तरराष्ट्रिय सम्मान दिएको छ । यो सम्मानले हामीलाई अझ अर्थपूर्ण र प्रेरणादायी कथा सिर्जना गर्न उत्साहित बनाएको छ ।”
यस अवार्डसँगै ‘जिरो टु आठ हजार ८४८’ स्वतः वल्र्ड फिल्म फेस्टिभल इन कान्सको वार्षिक प्रतिस्पर्धामा प्रवेश गरेको छ । जुन २०२६ मा आयोजना हुने वार्षिक समारोहमा जिरो टु आठ हजार ८४८ को सहभागिता रहनेछ । साथै, यो फिल्म फेस्टिभलको ‘बेस्ट अफ फ्युचर’ छनोट तथा दर्शक पुरस्कारका लागि पनि योग्य बनेको छ ।
सो उपलब्धिले ‘जिरो टु आठ हजार ८४८’ लाई एसियाबाट विश्वमञ्चमा उदाएको एक महत्वपूर्ण सिनेम्याटिक आवाजका रूपमा स्थापित गरेको छ । एक मिलियन अमेरिकी डलरमा निर्मित डकुमेन्ट्रीको परिकल्पना तथा नेतृत्व पत्रकार तथा लेखक प्रेम बानियाँले गरेका हुन् ।
वृत्तचित्रमा चर्चित हलिउड डकुमेन्ट्री क्यारेक्टर तथा नर्थ फेसका ब्राण्ड एम्बेस्डर कोनराड एन्कर, १८ पटकसम्म सफल सगरमाथा आरोहण गर्नुभएका टेण्डी शेर्पा, विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुस्कर शाह, माउन्टेनियर आङ पासाङ शेर्पा आदिको फिचरिङ रहेको छ ।
डकुमेन्ट्रीको निर्देशन, इडिटिङ निरञ्जन पाण्डे र बलराम बूढाथोकीले गर्नुभएको हो भने कार्यकारी निर्माता श्रीराम वाग्ले हुनुहुन्छ । डकुमेन्ट्रीका निर्माता कपिलशरण वाग्ले, एलेक्स पराजुली, राजेन्द्र पाण्डे र जयनारायण शाह हुन् ।
विश्वका प्रमुख सहरमा डकुमेन्ट्रीको प्रदर्शन हुने निर्माण कम्पनीले जनाएको छ । यसअघि अमेरिकाको जर्जिया र नर्थ क्यारोलाइनाको एएमसी थियटरमा डकुमेन्ट्रीको विशेष शोहरु सम्पन्न भइसकेका छन् । आगामी जनवरी महिनादेखि अमेरिकाका मुख्यमुख्य सहरमा विशेष शो आयोजना गरिने र त्यसपछि विश्वयात्रामा निस्किने बानियाँले जानकारी गराएका छन्
सम्बन्धित

















काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
आईसीसी टी–२० विश्वकप: समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै
प्रतिक्रिया