रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्द सूचीमा परेका कलाकार आसिफ शाहले नाम फिर्ता लिएका छन् ।
उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत देश निर्माणका लागि आवश्यक योगदान जुनसुकै पद वा हैसियतमा रहेर पनि दिन सकिने भन्दै उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् ।उनले लेखेका छन्, ‘देश निर्माणका लागि आवश्यक योगदान, म जुनसुकै पद वा हैसियतमा रहे पनि, सधैँ गर्न तयार छु। तर जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो म रोज्न सक्दिनँ। यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।’
कलाकार शाहले समानुपातिकबाट नाम फिर्ताको घोषणा गरेसँगै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रत्यक्षमा उम्मेदवारी दिने पनि बताएका छन् ।उनले भनेका छन्– प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ, उठ्ने नै हो । हामी काठमाडौँ–५ बाट प्रत्यक्ष उम्मेदवारी दिन
पूर्ण रूपमा तयार छौँ। देशभन्दा ठूलो केही हुँदैन ।’
उनले जनता र पार्टीका साथीहरूको भावना अनुरूप, समानुपातिक सूचीमा रहेका अन्यलाई पनि आ–आफ्नो नाम फिर्ता लिएर दुई कदम पछाडि हट्न आग्रह गरेका छन् ।
https://www.facebook.com/asifshah80/posts/10163117828136633?ref=embed_post
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया