मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह

भारतले एक बङ्गलादेशी क्रिकेटरलाई इन्डियन प्रिमियर लिग (आइपिएल) छोड्न बाध्य पारेको घटनापछि बङ्गलादेशले आगामी महिना श्रीलङ्कामा सुरु हुने टि–२० विश्वकपमा आफ्ना खेलहरू भारत बाहिर आयोजना गर्न अनुरोध गर्ने भएको छ ।
बङ्गलादेशका अन्तरिम सरकारका युवा तथा खेलकुद सल्लाहकार आसिफ नजरुलले आइतबार राज्यद्वारा सञ्चालित बिएसएस समाचार एजेन्सीमार्फत जारी विज्ञप्तिमा बङ्गलादेशी क्रिकेट, क्रिकेटर र राष्ट्रको गरिमामाथि कुनै पनि प्रकारको अपमान अस्वीकार्य हुने स्पष्ट गररेक छन् ।
“हामी कुनै पनि परिस्थितिमा बङ्गलादेशी क्रिकेट, क्रिकेटर र बङ्गलादेशको अपमान स्वीकार गर्दैनौँ”, उनले भनेका छन्, “दासत्वका दिनहरू समाप्त भइसकेका छन् ।” उनका अनुसार छिमेकी राष्ट्रहरूबीच बढेको तनावको पृष्ठभूमिमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले आइपिएल टोलीहरूलाई ‘सल्लाह’ दिएपछि बङ्गलादेशका फास्ट बलर मुस्ताफिजुर रहमानलाई कोलकाता नाइट राइडर्सले शनिबार रिलिज गरेको थियो ।
नजरुलले बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबी) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) लाई औपचारिक पत्र लेख्न निर्देशन दिइएको जानकारी दिए । उनले भने, “यदि कुनै बङ्गलादेशी क्रिकेटर अनुबन्धित भएर पनि भारतमा खेल्न नसक्ने अवस्था सिर्जना हुन्छ भने सम्पूर्ण बङ्गलादेशी क्रिकेट टोलीले विश्वकपमा खेल्न आफूलाई सुरक्षित महसुस गर्न सक्दैन ।” यही कारण देखाउँदै उनले बङ्गलादेशका विश्वकप खेलहरू श्रीलङ्कामा आयोजना गर्न अनुरोध गर्न पनि बोर्डलाई निर्देशन दिएका छन्।
भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने टि–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुने तय भएको छ । तालिकाअनुसार बङ्गलादेशले आफ्ना चारवटा समूह चरणका खेल भारतमा खेल्ने कार्यक्रम रहेको छ ।
यसैबीच, पाकिस्तानले आफ्ना सबै खेल श्रीलङ्कामै खेल्नेछ, जुन भारत र पाकिस्तान दुवैलाई बहुराष्ट्रिय प्रतियोगिताहरूमा तटस्थ स्थल प्रयोग गर्न दिने सम्झौताअन्तर्गत गरिएको व्यवस्था हो ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया