अमेरिकी कारबाहीले भेनेजुएला सङ्कट गहिरिँदै, ईयूद्वारा संयम अपनाउन आग्रह

युरोपेली सङ्घ (ईयू) ले भेनेजुएलामा थप तनाव नबढोस् भन्नका लागि सबै पक्षलाई ‘शान्ति र संयम’ अपनाउन आग्रह गरेको छ । यो अपिल संयुक्त राज्य अमेरिकाले भेनेजुएलाविरुद्ध सैन्य कारबाही गरेपछि आएको हो ।
ईयूका उच्च प्रतिनिधिद्वारा जारी वक्तव्यमा अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको बडापत्र ‘सबै अवस्थामा पालना हुनुपर्ने’ उल्लेख गरिएको छ । साथै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का सदस्य राष्ट्रहरूमाथि ती सिद्धान्तहरूको रक्षा गर्ने विशेष जिम्मेवारी रहेको पनि वक्तव्यमा भनिएको छ ।
युरोपेली बाह्य कार्य सेवा (ईईएएस) ले सार्वजनिक गरेको पाठअनुसार, हङ्गेरीबाहेक २६ ईयू सदस्य राष्ट्रहरूले उक्त वक्तव्यलाई समर्थन गरेका छन् ।
यसअघि शनिबार संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि ठूलो स्तरको आक्रमण गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ खातामा गरेको पोस्टअनुसार, उक्त कारबाहीका क्रममा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर देशबाहिर लगिएको दाबी गरिएको छ ।
















भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
प्रतिक्रिया