कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि तीन मन्त्रीको कार्यभार थप

काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीको कार्यभार थप गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्राललय र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेकाे मन्त्री कुलमान घिसिङले बुधबार पदबाट राजीनामा दिएपछि तीन मन्त्रालयको जिम्मेवारी अन्य मन्त्रीलाई दिइएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले उद्योग, वाणिज्य तथा आपूर्ति र कानुन, न्याय तथा संसदीय मामिला एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनीलकुमार सिन्हालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी थप गरेकि हुन् ।
साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंलाई र सहरी विकास मन्त्रालयको कार्यभार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामले सम्हाल्ने गरी तोकेकाे राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।












सुनसरीमा तीन हजार बढी निर्वाचन प्रहरी भर्ना गरिँदै
नेपालमा २७ देखि ४६ वर्ष समूहका युवाको औसत खर्चभन्दा आम्दानी बढी
Two die on the spot in jeep accident
दुबई उडेका उदयपुरका युवक ४ महिनापछि दिल्लीमा फेला
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रतिक्रिया