पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो

झापा । पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा गोलभेँडाको आयात ९३२ प्रतिशतले बढेको छ । गत साउनदेखि मङ्सिरसम्ममा रु छ करोड ८४ लाख ७४ हजार बराबरको गोलभेँडा भारतबाट आयात भएको हो ।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अवधिमा भारतबाट २६ लाख ७६ हजार ५२० किलो गोलभेँडा आयात भएको छ भने गोलभेँडा आयातबाट भन्सारले रु ८२ लाख ७३ हजार राजस्व सङ्कलन गरेको उनले जानकारी दिए।
आव २०८१/८२ को सोही अवधिमा पूर्वीनाकाबाट रु ३७ लाख ३० हजार मूल्य बराबरको एक लाख ३८ हजार ६५० किलो गोलभेँडा आयात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए । उनका अनुसार गत आवको तुलनामा चालु आवमा भान्सामा प्रयोग हुने तरकारीजन्य गोलभेँडाको आयात ९३२ प्रतिशतले बढेको हो । नेपालमा आयात हुने अधिकांश गोलभेँडा भारतबाट आउने उनले बताए ।
चालु आवको पाँच महिनामा समग्र तरकारीको आयात वृद्धि भएको सूचना अधिकारी हुमागाईंले उल्लेख गरे । उनका अनुसार चालु अवमा सोही नाकाबाट रु एक अर्ब १८ करोड तीन लाख ५६ हजार मूल्य बराबरको तरकारी आयात भएको छ ।
गत आवको सोही अवधिमा रु एक अर्ब ११ करोड ३६ लाख २३ हजार मूल्य बराबरको तरकारी आयात भएको भन्सार कार्यालयले जनाएको छ ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया