फिलिपिन्सको डम्पसाइट भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो
मेरोन्यूज
२०८२ माघ ४ गते १३:५२

फिलिपिन्सको शहर सेबुमा रहेको फोहोर व्यवस्थापन केन्द्र (डम्पसाइट) भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको सेबु सिटीको ब्युरो अफ फायर प्रोटेक्सन (बीएफपी) ले शनिबार जनाएको छ ।
फोहोरको थुप्रो र फलामे संरचनाको भग्नावशेषमुनि थप शव फेला परेपछि मृतक सङ्ख्या बढेको अधिकारीहरूले बताएका छन् । घटनामा अझै एक जना कामदार बेपत्ता रहेको र उहाँको खोजी जारी रहेको जनाइएको छ ।
जनवरी ८ मा डम्पसाइटको एक भाग भत्किँदा त्यहाँ कार्यरत कामदारहरू संरचनाभित्र फसेका थिए । घटनामा १८ जनालाई जीवितै उद्धार गरिएको भए पनि सबै घाइते भएका छन् ।
बीएफपीले सामाजिक सञ्जालमार्फत खोज, उद्धार तथा शव सङ्कलन कार्य निरन्तर जारी रहेको जनाएको छ । स्थानीय अधिकारीहरूका अनुसार घटनास्थलमा सुरक्षाकर्मी तथा उद्धार टोली परिचालन गरिएको छ ।
सम्बन्धित














एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
महिला विश्वकप क्रिकेटमा नेपालको दाबेदारी
निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै आयोग पुग्याे देउवा पक्ष
फिलिपिन्सको डम्पसाइट भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो
आयोगको निर्णयविरुद्ध देउवा पक्षले दिएकाे रिट सर्वोच्चमा दर्ता, माघ ६ गते पेसी
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया