फिलिपिन्सको डम्पसाइट भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो
मेरोन्यूज
२०८२ माघ ४ गते १३:५२

फिलिपिन्सको शहर सेबुमा रहेको फोहोर व्यवस्थापन केन्द्र (डम्पसाइट) भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको सेबु सिटीको ब्युरो अफ फायर प्रोटेक्सन (बीएफपी) ले शनिबार जनाएको छ ।
फोहोरको थुप्रो र फलामे संरचनाको भग्नावशेषमुनि थप शव फेला परेपछि मृतक सङ्ख्या बढेको अधिकारीहरूले बताएका छन् । घटनामा अझै एक जना कामदार बेपत्ता रहेको र उहाँको खोजी जारी रहेको जनाइएको छ ।
जनवरी ८ मा डम्पसाइटको एक भाग भत्किँदा त्यहाँ कार्यरत कामदारहरू संरचनाभित्र फसेका थिए । घटनामा १८ जनालाई जीवितै उद्धार गरिएको भए पनि सबै घाइते भएका छन् ।
बीएफपीले सामाजिक सञ्जालमार्फत खोज, उद्धार तथा शव सङ्कलन कार्य निरन्तर जारी रहेको जनाएको छ । स्थानीय अधिकारीहरूका अनुसार घटनास्थलमा सुरक्षाकर्मी तथा उद्धार टोली परिचालन गरिएको छ ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया