मंगलबार, माघ ६, २०८२

ताप्लेजुङका प्रभावशाली २ नेता एमालेमा प्रवेश

मेरोन्यूज २०८२ माघ ६ गते १४:३९

ताप्लेजुङ । आसन्न चुनावी नजिकिँदै जादा ताप्लेजुङका २ प्रभावशाली युवा नेता एमालेमा प्रवेश गरेका छन् ।

नेकपाका कोशी प्रदेश सदस्य रक्की थेबे र नेपाली कांग्रेसको तरुण दल ताप्लेजुङका सभापति दिनेश मेन्याङ्बो एमाले प्रवेश गरेका हुन् ।

उनीहरुलाई एक समारोह बिच एमालेका उपमहासचिव योगेश भट्टराई, युवासंघ नेपालका केन्द्रिय अध्यक्ष एवं एमालेका संसदका उमेदवार क्षितिज थेबे लगायतकाले स्वागत सहित पार्टी प्रवेश गराएका थिए ।

प्रतिक्रिया