रुकुम पूर्व १ बाट प्रचण्डले गराए उम्मेदवारी दर्ता

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्व निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
आसन्न प्रतिनिधसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँले आज आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
मनोनयन दर्तापश्चात् सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै संयोजक दाहालले माओवादी सशस्त्र युद्धको आधार इलाकाका रुपमा रहेको रुकुमको समग्र विकास निर्माणलाई आफूले पहिलो प्राथमिकता दिने बताए। उनले भने, “रुकुम जनयुद्धको आधार इलाका हो, यसपटक निर्वाचनमा आएँ । रुकुमको विकासलाई पहिलो प्राथमिकता दिन्छु ।”
यसअघि संयोजक दाहाल गोरखा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा विजयी भएका थिए । रुकुममा हालसम्म राष्ट्रिय जनमोर्चा, मङ्गोल नेसनल अर्गनाइजेसन र नेसनल रिपब्लिकन नेपालका उम्मेदवारले पनि मनोनयन दर्ता गराइसकेका छन् ।
















मोरङ-६ बाट शेखर कोइरालाले गराए मनोनयन दर्ता
राप्रपा अध्यक्ष लिङ्देनले झापा–३ मा गराए मनोनयन दर्ता
Four ministers in interim government in election race
माधव नेपाल रौतहट –१ बाट उम्मेदवार
Trump ties his stance on Greenland to not getting Nobel Peace Prize
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया