माधव नेपाल रौतहट –१ बाट उम्मेदवार

रौतहट (चन्द्रपुर) । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न रौतहट निर्वाचन क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयमा आज उम्मेदवारी दर्ता गराएका छन् ।
नेता नेपालको उम्मेदवारीको प्रस्तावकमा पार्टी केन्द्रीय सदस्य रामनरेश मण्डल र समर्थकमा चण्डेश्वर राउत रहेको उनका स्वकीय सचिव लक्ष्मण रेग्मीले जानकारी दिए । यसअघिको निर्वाचनमा पनि पूर्वप्रधानमन्त्री नेपाल सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।
मनोनयन दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सहसंयोजक नेपालले “नेपाली जनताले भोग्दै आइरहेको गरिबी, बेरोजगारीलगायतका समस्या अन्त्य गर्ने र त्यसका लागि आवश्यक सबै प्रबन्ध गर्ने, युवालाई रोजगारी र सीप उपलब्ध गराउने, देशको अर्थतन्त्रलाई चलायमान बनाउने सोचका साथ उम्मेदवारी दिएको हुँ”, उनले भने ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया