मंगलबार, माघ ६, २०८२

सर्लाही-४ मा गगन थापाको उम्मेदवारी

मेरोन्यूज २०८२ माघ ६ गते १८:०१

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् ।

आफू व्यस्त भएपछि थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । उनका तर्फबाट प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले समर्थकसहित क्षेत्र नम्बर ४ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

यो क्षेत्रमा रास्वपाबाट अमरेशकुमार सिंहले पनि मनोनयन दर्ता गराएका छन् । यस्तै जसपाबाट रामेश्वर राय, नेकपाबाट डा. रजनीश रायले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया