आइतबार, वैशाख १३, २०८३

सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी

मेरोन्यूज २०८२ माघ ६ गते २१:३६

आगामी फागनु २१ गते हुने तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुली-२ मा उम्मेदवारी दिने विषयमा नेपाली कम्युनिस्ट पार्टीमा विवाद भएको छ।  नेकपाका नेता महेश्वर दाहालले बागी उम्मेदवारी दिएका छन् ।

Advertisement
NiccNicc

नेकपाले यो क्षेत्रमा यसअघिका सांसद समेत रहेका लेखनाथ (राजन)दाहाललाई टिकट दिएको थियो। त्यसै अनुसार उनले उम्मेदवारी दर्ता गराए। तर, सँगै नेकपाको असन्तुष्ट पक्षले बागी उम्मेदवारी दियो।

महेश्वरले फेसबुकमा लेखेका छन्, जब स्वेच्छाचारितालाई नै वैधानिकता बनाइन्छ भने विद्रोह कर्तव्य बन्छ ।

महेश्वरकाे बागी उम्मेदवारीलाई नेकपाका नेता हरिबोल गजुरेलले साथ दिएका छन्। उनी प्रस्तावक बनेपछि महेश्वरले उम्मेदवारी दिएका हुन्। 

यो क्षेत्रमा यसअघि गजुरेलले निरन्तर चुनाव जित्दै आएकोमा २०७९ को चुनावमा राजनलाई टिकट दिइएको थियो।  यसपटकपनि राजनलाइनै प्रचण्डले च्यापेपछि हरिबाेल र महेश्वर रुष्ठ बनेका हुन् ।

प्रतिक्रिया