क्यानडाको चीनसँगको व्यापार कदमप्रति अमेरिकाको चासो

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले चीनसँग गरेको व्यापारिक सहमति कार्यान्वयन भएमा क्यानडाबाट आयात हुने वस्तुहरूमा उच्च आयात शुल्क लगाइने सङ्केत दिएको छ । यसले क्यानडा र संयुक्त राज्य अमेरिकाबीच हाल देखिएको मतभेदलाई थप स्पष्ट बनाएको छ ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो धारणा व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले क्यानडालाई चीनका वस्तुहरू संयुक्त राज्य अमेरिकामा प्रवेश गराउने माध्यमका रूपमा प्रयोग गरिनु उपयुक्त नहुने बताए । उन्ले क्यानडाको हालको कदमप्रति गम्भीर ध्यानाकर्षण रहेको उल्लेख गरे ।
क्यानडाले हालै चीनसँग विद्युतीय सवारीसाधन तथा कृषि उत्पादनसम्बन्धी आयात–निर्यात शुल्क घटाउने सहमति गरेको थियो । प्रारम्भिक चरणमा यसप्रति सकारात्मक प्रतिक्रिया जनाइए पनि पछिल्लो समय अमेरिकी पक्षबाट असहमति व्यक्त गरिएको देखिएको छ ।
आयात शुल्क कहिले र कुन ढाँचामा लागू हुने भन्ने विषयमा अमेरिकी राष्ट्रपति कार्यालयले हालसम्म विस्तृत जानकारी सार्वजनिक गरेको छैन । तर क्यानडाको निर्णयप्रति चासो र चिन्ता रहेको स्पष्ट गरिएको छ ।
यस विषयमा क्यानडाका व्यापारसम्बन्धी मन्त्री डोमिनिक लेब्लाङले क्यानडा र चीनबीच केही महत्वपूर्ण व्यापारिक विषय समाधान भएको जानकारी दिँदै पूर्ण स्वतन्त्र व्यापार सम्झौताको प्रयास भने नरहेको बताएका छन् ।
पछिल्लो समय क्यानडा र संयुक्त राज्य अमेरिकाबीच विभिन्न अन्तर्राष्ट्रिय तथा कूटनीतिक विषयमा मतभेद देखिँदै आएको छ । स्विट्जरल्यान्डमा आयोजित विश्व आर्थिक मञ्चका क्रममा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले व्यक्त गरेको धारणा पछि दुवै देशका नेताबीच विचार भिन्नता थप प्रकट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ ।
यद्यपि क्यानडा, अमेरिका र मेक्सिकोबीचको विद्यमान व्यापार सम्झौताका कारण क्यानडा केही हदसम्म आयात शुल्कको प्रभावबाट सुरक्षित रहेको विश्लेषकहरूको भनाइ छ ।
विश्लेषकहरूका अनुसार क्यानडाले आफ्नो वैदेशिक व्यापार नीति विविधीकरण गर्ने प्रयासस्वरूप चीनसँग सम्बन्ध विस्तार गरिरहेको छ, जसले उत्तर अमेरिकी व्यापार संरचनामा नयाँ विमर्श जन्माएको छ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया