सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ

बरहथवा (सर्लाही) । सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ ।
आज लालबन्दी नगरपालिका–१, नवलपुरमा पायल्सको उपचारका क्रममा सोही नगरपालिका–२, पुनर्वास बस्ने अन्दाजी १८ वर्षीया हंशु पासवानको मृत्यु भएको हो । नवलपुरमा रहेको मोहन आयुर्वेद औषधालयका चिकित्सकले लापरबाही पूर्ण ढङ्गले गलत शल्यक्रिया गरिदिएकाले किशोरीको मृत्यु भएको परिवारको आरोप छ ।
शल्यक्रिया लगत्तै अवस्था गम्भीर बनेपछि किशोरीलाई थप उपचारका लागि हरिवनस्थित नमूना अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । घटनालगत्तै मृतकका आफन्त तथा स्थानीयले टायर बालेर पूर्व पश्चिम राजमार्गमा केहीबेर सवारी आवागमन अवरुद्ध गरेका थिए ।
सुरक्षा निकायको पहलमा घटनाको निष्पक्ष छानबिन गर्ने र पीडित परिवारलाई राहत उपलब्ध गराउने सहमतिपछि यातायात पुनः सञ्चालन भएको प्रहरी नायब उपरीक्षक राईले बताए । किशोरीको उपचारमा संलग्न चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया