आइतबार, वैशाख १३, २०८३

विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने चार जना पक्राउ

मेरोन्यूज २०८२ माघ १३ गते १५:३७

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

Advertisement
NiccNicc

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार स्याङ्जा चापाकोट नगरपालिका–९ का ४४ वर्षीय कृष्ण कुँवर, मकवानपुर हेटौँडा उपमहानगरपालिका–६ की २६ वर्षीया मनिषा अधिकारी, गुल्मी रेसुङ्गा नगरपालिका–६ का ४८ वर्षीय भक्तप्रसाद मरासिनी तथा चितवन राप्ती नगरपालिका–३ घर भएका २७ वर्षीय सरल आचार्य पक्राउ परेका हुन् ।

प्रतिक्रिया