चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

चितवन। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दुई हजार ७६६ जना निर्वाचन प्रहरी (म्यादी) खटाइने भएको छ । निर्वाचन प्रहरीमा भर्ना हुन तीन हजार ३५० जनाले आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार लिखित र अन्तर्वार्ता परीक्षामार्फत वैकल्पिकसहित दुई हजार ९४० जनाको नाम प्रकाशित गरिएको हो ।
एक सय ७४ जनाको नाम वैकल्पिकमा राखिएको छ । उहाँहरूलाई यही माघ १८ गतेदेखि तालिम प्रदान गरी कार्यक्षेत्रमा खटाइने उहाँले जानकारी दिनुभयो । उनका अनुसार निर्वाचनमा नेपाल प्रहरीतर्फ दुई हजार ४४१ र सशस्त्र प्रहरी बल नेपालतर्फ ३२५ जना निर्वाचनमा खटिने छन् ।
जिल्ला प्रहरी कार्यालयसहित इलाका प्रहरी कार्यालय टाँडी, इलाका प्रहरी कार्यालय गीतानगर, इलाका प्रहरी कार्यालय भण्डारा, इलाका प्रहरी कार्यालय खैरहनी, इलाका प्रहरी कार्यालय चनौली, इलाका प्रहरी कार्यालय माडी, इलाका प्रहरी कार्यालय मुग्लिन, इलाका प्रहरी कार्यालय जुटपानी र वडा प्रहरी कार्यालय नारायणगढमा निर्वाचन प्रहरीलाई तालिम दिने व्यवस्था मिलाइएको छ ।
माघ २५ गतेदेखि निर्वाचन प्रहरी कार्यक्षेत्रमा खटिने छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपिएफ)को मातहतमा निर्वाचन प्रहरी परिचालन हुनेछन् । एक महिनासम्म काम गरेर २५ फागुनमा निर्वाचन प्रहरीलाई बिदाइ गरिने छ ।
















बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
प्रतिक्रिया