दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित

आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत चेन्नईमा भएको वार्म अप खेलमा नेपालले युएईमाथि ७ विकेटको सहज जित निकालेको छ।
नेपालले दीपेन्द्रसिंह ऐरी र आरिफ शेखको अर्धशतकको मद्दतमा युएईले दिएको १४६ रनको लक्ष्य १७ ओभरमा ३ विकेटको क्षतिमा पार गरेर सानदार जित निकालेको हो।
दीपेन्द्रले ३१ बलमा ४ चौका र १ छक्काको मद्दतमा नटआउट ५० रन बनाए। आक्रामक ब्याटिङ गरेका आरिफले ३७ बलमा ८ चौका र २ छक्काको मद्दतमा नटआउट ६१ रन बनाए।
त्यसअघि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख ८-८ रनमा आउट भए। कप्तान रोहित पौडेलले रनआउट हुनुअघि १६ रन जोडे।
पी चिदम्बरमा रंगशालामा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णयसँगै पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेटको क्षतिमा १४५ रन जोड्यो।
बलिङमा नेपालका करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिए। दीपेन्द्रसिंह ऐरीको नाममा १ विकेट रह्यो।
नेपालले विश्वकपअघि दोस्रो वार्म अप खेल क्यानडासँग माघ २२ मा खेल्नेछ। दुवै खेल चेन्नईको एमए चिदाबरम रंगशालामा हुँदैछन्। यी खेलपछि नेपाली टोली मुम्बई फर्कनेछ।
यसपटकको विश्वकपमा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन्।
नेपालले पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ मा (माघ २५) खेल्नेछ। अन्तिम खेल स्कटल्यान्डसँग फेब्रुअरी १७ (फागुन ५) मा हुनेछ। नेपालका चारै खेलमा मुम्बईमा हुनेछन्। समूहमा शीर्ष दुईमा परेमा सुपर-८ मा पुग्ने सम्भावना हुनेछ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन्।

















विश्वकप लिग-२ क्रिकेट: आज नेपाल र ओमान भिड्दै
आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
प्रतिक्रिया