इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय

झापा पहिलोपटक अन्तरराष्ट्रियस्तरको कोशी पाथीभरा इण्डो नेपाल टी–२ क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । भद्रपुर क्रिकेट क्लबको आयोजनामा भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा भारतको राइनोल्याण्ड क्रिकेट एकाडेमी आसामले विजयी सुरुआत गरेको छ ।
आसामले जीएचसिए काठमाडौँलाई ४२ रनले पराजित गरेको हो । पहिलो ब्याटिङ गर्दै आसामले १८.१ ओभरमा अलआउट हुँदै ९६ रन बनायो । जवाफमा काठमाडौँ १६.२ ओभारमा ५४ रनमा अलआउट भएपछि आसामले महत्वपूर्ण ३ अङ्क जोडेको थियो । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगितामा नेपालका चार र भारतका चार गरी आठवटा टिमको सहभागिता छ ।
टिमलाई दुई समूहमा विभाजन गरिएको छ । अङ्कका आधारमा सेमिफाइनल खेल्ने टिमको टुङ्गो लाग्ने आयोजक भद्रपुर क्रिकेट क्लबका महासचिव वसन्त पोखरेलले जानकारी दिए । प्रतियोगिता माघ २९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता टिमले रु पाँच लाख नगदसहित शिल्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु तीन लाखसहित शिल्ड प्राप्त गर्ने छ ।
प्रतियोगितामा नेपालका तर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लब, काठमाडौँ, सुदूरपश्चिम र गण्डकी तथा भारतका तर्फबाट दिल्ली, लखनउ, आसाम र सिक्किमको सहभागिता रहेको क्लबका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए । बिहीबार दुईवटा खेल हुनेछ । पहिलो खेलमा भारतको दिल्लीले आजको विजेता आसामसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा आयोजक भद्रपुर क्रिकेट क्लबले जीएचसीए काठमाडौँको सामना गर्नेछ ।
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
विश्वकप लिग-२ क्रिकेट: आज नेपाल र ओमान भिड्दै
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया