साढे १७ लाख ठगी गर्ने २ जना पक्राउ
मेरोन्यूज
२०८२ माघ २३ गते १४:४५

काठमाडौँ । रोजगारीका लागि अष्ट्रेलिया र स्लोभाकिया पठाउने भन्दै रु १७ लाख ५० हजार ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउपर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ बस्ने ३५ वर्षीय रुपेश लामिछाने तथा धादिङको खनेबा गाउँपालिका–३ बस्ने ३५ वर्षीय हिरा तामाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
उनले भने, “पक्राउ परेकामध्ये लामिछाने अष्ट्रेलिया पठाउने भन्दै रु नौ लाख तथा तामाङले स्लोभाकिया पठाउने भन्दै रु आठ लाख ५० हजार लिई विदेश नपठाई सम्पर्कविहिन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”
पक्राउ परेका दुवै जनालाई आजै थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता कार्कीले बताए।
सम्बन्धित
















मनोहराको सुकुमवासी बस्ती भत्काइँदै
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया