माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न

माल्दिभ्स । श्रीलंकाको कोलम्बोस्थित नेपाली राजदूतावासले माल्दिभ्समा कार्यरत नेपालीहरूका समस्या समाधान गर्ने उद्देश्यले ‘नेपाल कम्युनिटी सपोर्ट, हेल्थ चेक तथा कन्सुलर सेवा क्याम्प–माल्दिभ्स २०२६’ को आयोजना गरेको छ । माल्दिभ्सको राजधानी मालेस्थित कामना मालाममा कार्यक्रमको आयोजना गरिएको थियो ।
दूतावासका उपप्रमुख विजय कुमार राउतले माल्दिभ्समा कार्यरत नेपालीहरूलाई प्रदान गरिँदै आएको कन्सुलर सेवा तथा सहयोगबारे जानकारी दिदै नेपाली समुदायले माल्दिभ्सको स्वास्थ्य, निर्माण, पर्यटन तथा आर्थिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे । उक्त कार्यक्रममा माल्दिभ्समा नेपालीले भोग्ने श्रम समस्या, राहदानी जफत, ज्याला विवाद, सम्झौता उल्लङ्घन, श्रम शोषण, स्वास्थ्य तथा मानसिक स्वास्थ्य जस्ता विषयमा विस्तृत छलफल भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि माल्दिभ्सका पूर्व उपराष्ट्रपति अब्दुल्ला जिहादले नेपाली समुदायको मेहनत र इमानदारीको प्रशंसा गर्दै रेमिट्यान्स व्यवस्थापन तथा आय सुरक्षित रूपमा नेपाल पठाउने उपायबारे सुझाव दिएका छन् । यस्तै नेपाल हेल्पलाइनकी अध्यक्ष आशिया मोहम्मद र महासचिव सरोज सापकोटा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा चिकित्सकहरूको सहभागिता रहेको थियो ।
शिविरमा नेपाल नेत्र ज्योति संघ तथा विभिन्न स्वास्थ्यकर्मीको सहयोगमा १ सय ५० भन्दा बढी नेपालीले निःशुल्क स्वास्थ्य परीक्षण, आँखा जाँच, चस्मा तथा आवश्यक औषधि सेवा प्राप्त गरेका थिए । कार्यक्रममा सहभागीहरूले आफ्ना समस्या राख्ने अवसर पाएका थिए भने सम्बन्धित निकायले समाधानका लागि प्रतिबद्धता जनाएको थियो ।
श्रीलंकाको कोलम्बोस्थित नेपाली राजदूतावासले माल्दिभ्समा समस्यामा परेका नेपाली श्रमिकहरूको उद्धार, कानुनी परामर्श, अस्पताल तथा दूतावास समन्वय, घर फर्कन चाहने नेपालीहरूको व्यवस्थापन तथा समुदाय सचेतना अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोमा सरोज सापकोटालाई विशेष धन्यवाद व्यक्त गर्दै प्रशंसा गरेको थियो ।
कार्यक्रमको अन्त्यमा आयोजकले अतिथि, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले विदेशमा बस्ने नेपालीहरूको समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
















मुस्ताङका पर्यटकीय पदमार्ग स्तरोन्नति गरिँदै
रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा
पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
वीरगन्ज भन्सारमा जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया