भुवन एक स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन भुवन नगरकोटी एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा उक्लन सफल भएका छन्।
४-अन्डर ६४ सहित समग्रमा ६-अन्डर १ सय ९८ को स्कोरमा भुवन शीर्षस्थानमा उक्लिएका हुन्। उनले दिनेश प्रजापतिलाई एक स्ट्रोकले पछि पारे।
दिनेशले आज ४-अन्डर ६४ खेल्दै समग्रमा ५-अन्डर १ सय ९९ सहित दोस्रो स्थानमा उक्लिए। रामे मगरले समग्रमा ४-अन्डर २ सय स्कोर बनाउने क्रममा आज १-अन्डर ६७ को स्कोर कार्ड बनाए। उनी एक स्थान तल झरे। समग्रमा ३-अन्डर २ सय १ सहित सञ्जय लामा र लगातार दुई दिनका लिडर रवि खड्काले चौथो स्थान बाँडे। सञ्जयले २-अन्डर ६६ स्कोर गरे। रविले आज २-ओभर ७० को प्रदर्शन गर्दा चौथो स्थानमा तल झरे।
नेपाल नम्बर एक निरज तामाङले रोयल नेपाल गल्फ क्लबको कोर्स रेकर्ड बराबरी गरे। उनले आज ८-अन्डर ६० को सानदार प्रदर्शन गरे। इगलबाट दिनको सुरुवात गरेका उनले तेस्रो, चौथो, सातौं र आठौं होलमा बर्डी प्रहार गरे। उनले बोगी रहित ६-अन्डर २८ मा फ्रन्ट नाइन सकाए। ११ औं होलमा एक सट खेर फाले। १२ औं, १३ औं र १८ औं होलमा बर्डी प्रहार गरे। ब्याक नाइन २-अन्डर ३२ मा सकाए। यसअघि शिवराम श्रेष्ठ र निरजले यो कोर्समा ८-अन्डर खेलेका थिए।
समग्रमा ३-ओभर २ सय ७ को स्कोरमा टंक बहादुर कार्की र जयराम श्रेष्ठले सातौं स्थान बाँडे। टंकले आज ६-अन्डर ६२ को उत्कृष्ट प्रदर्शन गर्दा जयरामले १-ओभर ६९ मा दिनको खेल सकाए। धन बहादुर थापा र तोरण विक्रम शाही समग्रमा ५-ओभर २ सय ९ सहित संयुक्तरुपमा नवौं स्थानमा रहे। धनले २-अन्डर ६६ र तोरणले १-ओभर ६९ को नतिजामा आजको खेल सकाए।
एमेच्योरतर्फ महेन्द्र फगामी र राष्ट्रिय टिमका सदस्य राहुल विश्वकर्मा समग्रमा ३-ओभर २ सय ७ सहित संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्। महेन्द्रले इभन-पार ६८ र राहुलले लगातार तेस्रो दिन १-ओभर ६९ को प्रदर्शन गरे। उनीहरूले युवा गल्फर स्वप्निल भट्टराईललाई २ स्ट्रोकले पछि पारे। स्वप्निलले आज १-अन्डर ६७ खेल्दै समग्रमा ५-ओभर २ सय ९ सहित तेस्रो स्थानमा छन्।
भुवनले आज बोगीरहित उत्कृष्ट प्रदर्शन गर्ने क्रममा पहिलो र सातौं होलमा एक-एक सट बचाए। यसपछि १० औं र १८ औं होलमा पनि बर्डी प्रहार गरे। उनले फ्रन्ट र ब्याक नाइन समान २-अन्डर ३२ खेले।
दिनेशले फ्रन्ट नाइन ३-अन्डर ३१ मा सकाए। पहिलो, दोस्रो, चौथो, पाँचौं र आठौं होलमा बर्डीको सफलता प्राप्त गरे। छैटौं र नवौं होलमा एक-एक सट खेर फाले। यसपछि १०औं, ११औं र १३औं होलमा बर्डी प्रहार गरे भने १५औं र १६औं होलमा बोगी खेपे। ब्याक नाइन १-अन्डर ३३ मा सकाए।
भेट्रान गल्फर रामेले ५औं होलमा बर्डी प्रहार गर्दा बाकी होलमा पार जोगाएसँगै फ्रन्ट नाइम १-अन्डर ३३ मा सकाए। १३औं र १८औं होलमा बर्डी प्रहार गरे भने ११औं र १६औं होलमा बोगी खेल्दा ब्याक नाइन इभन-पार ३४ मा सकाए।
चार दिन सम्म चल्ने ७२ होलको यो प्रतियोगितामा उपाधिका लागि ३४ जना व्यावसायिक तथा २१ जना एमेच्योर गरी कुल ५५ गल्फरले सहभागिता जनाएका छन्।
सूर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर्स संघ (एनपीजीए) द्वारा आयोजित प्रतियोगिताको पुरस्कार राशी कुल ८ लाख ७५ हजार रुपैयाँ रहेको छ। विजेताले उपाधि सँगै १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो हुनेले १ लाख ५ हजार र तेस्रो हुने खेलाडीले ८५ हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछन्। यस्तै चौथो र पाँचौँ स्थानका खेलाडीले क्रमश ७१ हजार र ६३ हजार हात पार्नेछन्। शीर्ष १८ स्थानसम्म रहने प्रोफेसनल खेलाडीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन्।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया