युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक: राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय क्याडेट कोर (एनसिसी) ले युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्ता गुणहरू विकास तथा प्रवर्द्धन गर्नु सकारात्मक भएको बताएका छन् ।
एनसिसी युथ एक्सचेन्ज प्रोग्रामअन्तर्गतका सहभागीका लागि राष्ट्रपति निवास शीतल निवासमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हून् ।
“यसले विभिन्न देशका युवालाई एकत्रित गरेर उनीहरूलाई बफादार, अनुशासित, जिम्मेवार, भविष्यका प्रभावशाली नेतृत्वकर्ता र असल नागरिकको रूपमा रूपान्तरण गर्ने काम गर्दै आएको छ,
यसले युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्ता गुण विकास तथा प्रवद्र्धनको काम गर्नु खुसीको विषय हो”, राष्ट्रपति पौडेलले भने ।
उनले यसप्रकारको युवा आदानप्रदान कार्यक्रमले नेपाली सेनाले मित्र राष्ट्रका सेनासँग आपसी सम्बन्धलाई बलियो बनाउनुका साथै क्याडेटबीच सीप, संस्कृति र परम्पराको आदानप्रदान गर्ने सुनौलो अवसर प्राप्त गरेको बताए ।
नेपालका क्याडेटहरूले हालै भारत, भुटान, पाकिस्तान, र माल्दिभ्समा आयोजित युवा आदानप्रदान कार्यक्रममा भाग लिई आफूलाई थप विकास गर्ने अवसर पाएको तथा यस्ता कार्यक्रमबाट एकआपसमा सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थबारे बुझ्न र जान्न सकिने उनको भनाइ थियो ।
“यस युवा आदानप्रदान कार्यक्रमले हामी बिचमा रहेका सम्बन्धलाई थप सुमधुर बनाउँदै विश्व नै एक समुदाय हो भन्ने सन्देश प्रवाह गर्नेछ भन्ने मेरो विश्वास छ”, राष्ट्रपति पौडेलले भने ।

















कैलाली-३ मा नेकपालाई उछिन्दै रास्वपाको अग्रता
हुम्लामा केहीबेरमा मतगणना सुरु गरिने
गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जितपछि रञ्जु दर्शनाले भनिन् – अब काम गरेरै देखाउनुपर्छ
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
प्रतिक्रिया