भौतिक मन्त्रीद्वारा बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षण

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईँले स्तरोन्नतिको चरणमा रहेको बुटवल–नारायणघाट सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।
मन्त्रालयका सचिव केशवकुमार शर्मा र यातायात व्यवस्था विभागका महानिर्देशक डा विजय जैसीसहितको टोलीले आज उक्त खण्डको स्थलगत निरीक्षण गरेको हो ।
मन्त्री चौलागाईँले वर्षा सुरु हुनुअघि निर्माणलाई तीव्रता दिई स्तरोन्नति सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ । सडकको दुरावस्थाका कारण जनताले भोग्दै आएका सास्तीप्रति चिन्ता व्यक्त गर्दै उहाँले जतिसक्दो छिटो काम सम्पन्न गर्न आग्रह गरे ।
मन्त्री चौलागाईँले पश्चिम नेपाललाई जोड्ने यो महत्त्वपूर्ण सडकखण्डको आवागमन सहज बनाउन समयमै निर्माण पूरा गर्न आवश्यक तदारुकतामा जोड दिए । निरीक्षणका क्रममा उनले चिनियाँ ठेकेदार, कोरियन कन्सल्ट्यान्ट, साइट म्यानेजर तथा इन्जिनियरहरूसँग छलफल गर्दै आवश्यक सहजीकरण र प्रगति अनुगमनलाई प्रभावकारी बनाइने बताए ।
सो अवसरमा हाल उक्त सडकखण्डको ८० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको र बाँकी काम छिट्टै पूरा गरिने जानकारी दिइएको थियो ।

















निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
प्रतिक्रिया